आँबुखैरेनीमा बस दुर्घटना हुँदा ६ जना घाइते

न्युज कारखना
  • ख-
  • ख+

गोरखा, २१ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६  जना घाइते भएका छन् ।

लम्जुङ सदरमुकाम बेशीसहरबाट नारायणगढ जाँदै गरेको ना ६ ख ३९६३ नम्बरको मिनिबस आँबुखैरेनीको ऐनापहरास्थित सडकपेटीमा पल्टेर दुर्घटना भएको हो ।

दुर्घटना हुँदा ६ जना घाइते भएका इप्रका आँबुखैरेनीले जनाएको छ । बसमा ३२ जना सवार रहेको र अन्यको अवस्था समान्य छ ।

घाइते छ जनाको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्