बैंक अकाउन्ट ह्याक गरी रकम निकालेको आरोपमा आठ जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ  : बैंक अकाउन्ट ह्याक गरी रकम निकालेको आरोपमा आठ जना पक्राउ परेका छन्।

ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालको एनआईसी एसिया बैंकमा रहेको मोबाइल बैंकिङ्क खाता ह्याक गरी चार लाख रुपैयाँ निकालेको आरोपमा आठ जना पक्राउ परेका हुन् । ढकालले रकम चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गर्नुभएको थियो ।

उजुरीको आधारमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेष कुमारलाई काठमाण्डौ र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले शुक्रवार आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिनु भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्