राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सन्दीप समावेश

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, १९ माघ । नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा समावेश गरेको छ । क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीप बन्द प्रशिक्षणमा समावेश गरेको हो ।

निलम्बन फुकुवासँगै पूर्वकप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए ।

क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो । केही अघि मात्रै सन्दीप उच्च अदालत पाटनको आदेशले बलात्कार मुद्दामा धरौटीमा रिहा भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्