प्रधानमन्त्रीद्वारा अति विशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन

न्युज कारखाना 
  • ख-
  • ख+

काठमडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अति विशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गरेका छन् ।

बुधबार अपरान्ह नारायणहिटीमा रहेको श्री अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको अवलोकन गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्रीले विशिष्ट व्यक्तिहरुको सुरक्षामा अपनाइने सुरक्षा व्यवस्था, सामग्री र सुरक्षामा अपनाइने अन्य तरिकाको अवलोकन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्