भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ माघ  । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ  बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात आठ अर्ब ८० करोड नेपाली रुपैयाँसहयोग गर्ने घोषणा गरेकी छिन् ।

बुधबार संसद भवनमा बजेट पेश गर्दै वित्त मन्त्री सीतारमणले  २ अर्ब भारतीय रुपैयाँ घटाएर पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ सहयाेग गर्ने घोषणा गरेकी हुन् । गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु अर्थात १२ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने बजेटमा समेटिएकाे थियाे ।

वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ  बजेटमा भुटानलाई २४ अर्ब रुपैयाँ सहयाेग गर्ने उल्लेख गरेकी छन् ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्