मोटरसाइकलमा दुईवटा हेल्मेट अनिवार्य गर्नेबारे मन्‍त्रालयमा छलफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ १७ । यातायात र सवारी सुरक्षासँग सम्बन्धित सरोकारवालाहरुले दुई पांग्रे सवारीमा सवार गर्नेहरुलाई पनि हेल्मेट प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायाणकाजी श्रेष्ठसँग आज भएको छलफलमा उनीहरुले सवारी दुर्घटनामा सबैभन्दा बढी जोखिम दुई पांग्रे सवारीमा हुने भएकाले हेल्मेट अपरिहार्य रहेको बताएका थिए ।

ट्राफिक प्रहरी प्रमुख मिरा चौधरी, रोड सेफ्टी अलायन्सका प्रतिनिधिहरुले सुरक्षा सावधानीका लागि यस्तो व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिएका थिए । विगतमा यस्तो प्रावधान लागू गर्दा अनावश्यक विवाद भएको उल्लेख गर्दै ट्राफिक प्रहरी प्रमुख चौधरीले यसबारे सबै निकायहरुको एकै धारणा हुनुपर्नेमा जोड दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्