काठमाडौं, माघ १५ । युवा तथा महिला उद्यमीका लागि राष्ट्रव्यापी सूचना प्रविधि तालिम २०२३ आइतबारबाट काठमाडौंमा सुरु भएको छ ।
नेपाल चेम्वर अफ कमर्श, महिला चेम्बरको आयोजनामा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहकार्यमा युवा तथा महिला उद्यमीका लागि राष्ट्रव्यापी सूचना प्रविधि तालिम २०२३ सुरु भएको हो । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले महिला तथा युवाहरुलाई सूचना प्रविधिको तालिम दिएर रोजगारी सिर्जनाका लागि तालिम आयोजना गरिएको बताउनुभयो । उहाले तालिमपछि बिभिन्न निकायसंग समन्वय गरेर रोजगारीको व्यवस्था पनि गरिदिने धारणा राख्नुभयो ।
त्यस्तै महिला चेम्वरकी सचिव लिमा अधिकारीले तालिमका अवधिमा सैद्धान्तिकका साथै व्यवहारिक ज्ञान दिने जानकारी दिनुभयो । राष्ट्रव्यापी सूचना प्रविधि तालिम दुई दिनसम्म चल्ने महिला चेम्वरले जनाएको छ ।











