धमलापत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ, माघ १४ । नायिका एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नुभएको छ ।

शनिबार बुटवलमा एक कार्यक्रमकाबीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ ९चौधरी०ले उनलाई पार्टी प्रवेश गराउनु भएको हो । एलिजाले पार्टीको उद्देश्य एकदमै राम्रो लागेकाले आफू यस पार्टीमा प्रवेश गरेको बताउनुभयो ।

सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई अझ सहज ढंगले अघि बढाउन आफू आवद्ध हुन पुगेको पनि बताउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्