डोलप्रसाद अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा

खबर बुक
  • ख-
  • ख+

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनुभएको छ ।

हिजो बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समितिको निर्णय संसदीय दलको आगामी बैठकले अनुमोदन गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्