भुमिकास्थानमा पाथीभरामाताको मुर्ति स्थापना, धार्मिक पर्यटक भित्र्याउने लक्ष्य

खबर बुक
  • ख-
  • ख+

अर्घाखाँची, १३ माघ । अर्घाखाँचीको भुमिकास्थान–१०, धनचौर–सेङलेङ्गमा पाथीभरामाताको मूर्ति अनावरण गरिएको छ ।

१८५४ सालमा पाथिभरामाताले पाइला टेकेको किम्वदन्तीअनुसार सेङलेङ्गको टापुमा  पाथीभरा मन्दिर स्थापना गरिएको हो । योसँगै पर्यटकको भित्र्याउने लक्ष्य लिइएको छ ।

श्रीपञ्चमीको  अवसर पारेर आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र भुमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले पाथीभरा माताको मूर्ति अनावरण गरेका हुन् ।

रायमाझीले अर्घाखाँचीको धार्मिक पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा पाथीभरा मन्दिरले महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे
भुमिकास्थान नगरप्रमुख थापाले प्रसिद्ध सुपादेउराली मन्दिर आउने दर्शनार्थीलाई ल्याउने गरि पाथिभरामाताको मूर्ति स्थापना गरेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्