झापा, १० माघ । झापाको कचनकवलमा दुई जना मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गराज रेग्मीका अनुसार कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनाका २५ वर्षीय राजेश गणेश र १८ वर्षीया पवित्रा राजवंशीको शव फेला परेको हाे र
प्रहरीका अनुसार दुबै जनाले सोमबार राति आत्महत्या गरेका हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएकाे छ।









