काठमाडौं, माघ ८ । गण्डकी प्रदेशको मन्त्रालय घटाएर ७ मा झारिने भएको भएको छ । मुख्यमन्त्री खगराज अधिकारी आज साँझा सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेर मन्त्रालय टुंगो लगाएका हुन् ।
हाल १२ वटा मन्त्रालय छ । मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा झरेका अधिकारीले सुरूदेखि नै मन्त्रालयको संख्या घटाउने बताएका थिए ।पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदाको सुरुमा भएको आकारमा ७ मन्त्रालय बनाउन चाहेका थिए ।
तर सत्ता साझेदार दल र एमालेभित्रै भागबण्डा मिलाउन मन्त्रालयको संख्या ९ बनाउन दबाब परेको थियो । ‘









