काठमाडौं, ७ माघ ।संघीय संसदकाे प्रतिनिधि सभाकाे उपसभामुख पदकाे चयनका लागि शनिबार निर्वाचन हुने भएकाे छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शनिबार दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुने संसद सचिवालयले जनाएकाे हाे। उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र सत्ता गठबन्धन बाहिरका दलको तर्फबाट नेपाली कांग्रेसकी सांसद मुक्ता कुमारी यादवको उमेदवारी दर्ता भएको छ ।











