उपसभामुखमा सत्तारुढ गठबन्धनबाट इन्दिरा राना मगरको उम्मेदवारी दर्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ माघ । सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् ।

शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखमा निर्वाचित गरियाेस् भन्ने प्रस्तााव पेस हुँदै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्