मधेश आन्दोलनका शहीदप्रति संसदमा श्रद्धान्जली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाको जारी बैठकमा मधेश आन्दोलनमा  शहीद भएकाप्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।

सभामुख चयन प्रक्रिया अघि बढिरहँदा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले मधेश आन्दोलनमा शहीद भएकाप्रति उठेर श्रद्धान्जली व्यक्त गर्न आग्रह गरे । त्यसपछि सांसदहरुले उठेर शहीदप्रति श्रद्धान्जली व्यक्त गरेका हुन् ।

शहीदप्रति पनि विभेद भएको भन्दै उनले आक्रोश पनि व्यक्त गरेका थिए । सरकार गठनका बेलामात्र राष्ट्रिय सहमतिको मात्र कुरा उठ्ने गरेको भन्दै उनले मधेशी, थारुसहितलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्