बसको ठक्करबाट सप्तरीमा वृद्धको मृत्यु

न्युज कारखाना
  • ख-
  • ख+

जनकपुरधाम, ४ माघ । सप्तरीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा ना५ख ६७२ नम्बरको यात्रु वहक बसको ठक्करबाट करिब ६५ वर्षीय साइकलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बसको ठक्करबाट स्थानीय राजेन्द्र बिस्वासको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

शव पोष्ट मार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको तथा बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्