पर्यटनमन्त्री श्रीपालीले लिइन् सपथ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले आज सपथ लिएकी छिन् ।

सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीपालीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

मंगलबार राष्ट्रपति कार्यालयमा भएको सपथमा उनी ढिला पुगेका कारण छुटेकी थिइन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्