चीनमा कोभिडजन्य समस्याबाट एक महिनामा ६० हजारको मृत्यु

खबर बुक
  • ख-
  • ख+

बेइजिङ, १ माघ।चीनमा पछिल्लो एक महिनामा कोभिड सृजित समस्याका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको भएको छ ।

चीनका स्वास्थ्य अधिकारीहरूले यस्तो जानकारी दिएका हुन् ।  सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) अन्तर्गतको चिकित्सा प्रशासन व्युरोका प्रमुख जियाओ याहुईले जानकारी दिए ।

उनका अनुसार ५ हजार ५०३ जनाको मृत्यु कोभिडका कारण श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य रोगका कारण भएको हो । सरकारले डिसेम्बरको सुरुमा शून्य कोभिड नीतिमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसपछि दिनहँु हजारौँ जना कोभिड संक्रमित हुन थालेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्