अर्जेन्टिनी स्टार एन्जो किन्न चेल्सी तयार

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २१ पुस ।  कतार विश्वकपका स्टार एन्जो फर्नान्डेजलाई ठूलो रकम खर्च गर्न इंग्लिस प्रिमियर लिग क्लब चेल्सी तयार भएको छ । अर्जेन्टिनाको २१ वर्षीय मिडफिल्डरले कतार विश्वकपमा युवा खेलाडीको अवार्ड प्राप्त गरेका थिए।

एन्जोले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिना फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपनि चेल्सी एन्जो लिन तम्सिएको हो ।

चेल्सीले बेन्फिका स्टारलाई भित्राउन एक सय १२ मिलियन पाउन्ड खर्च गर्न तयार भएको बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्