माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक छान्न सकेन दलको नेता

न्युज कारखना
  • ख-
  • ख
  • ख+

धनगढी, १६ पुस । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक निष्कर्षविहीन बनेको छ । संसदीय दलको नेता छनोटका लागि आज बिहानदेखि बसेको बैठक निष्कर्षविहीन बनेको हो ।

दलको नेतामा सहमति जुट्न नसक्दा भोलि आइतबार पुनः बैठक बस्ने गरी बैठक टुङ्गिएको प्रदेश सभा सदस्य अक्कल रावलले बताए । ११ जना प्रदेश सभा सदस्य रहेको माओवादीभित्र संसदीय दलको नेताका लागि खगराज भट्ट, ओमविक्रम भाट, अक्कल रावल र मान बहादुर धामी आकाङ्क्षी रहेकोमा अक्कल रावल र मानबहादुर धामीले प्रदेश इन्चार्जसमेत रहेका भट्टलाई समर्थन गरेका छन् ।

भाटले भने दलको नेतामा आफ्नो अडान कायमै राखेका छन् । आज छनोट हुन नसकेपछि भोलि बस्ने बैठकले दलको नेता छनोट गर्ने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्