उत्तर कोरियाले गर्‍यो व्यालिस्टिक मिसाइल प्रहार

खबर बुक
  • ख-
  • ख+

सिउल, १६ पुस।उत्तर कोरियाले शनिबार कम्तिमा एउटा “अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल“ प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएका छन् । प्योङयाङका पाँच ड्रोनहरू साझा सीमा पार र दक्षिणको हवाई क्षेत्रमा उडेको केही दिनपछि उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

‘उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार ग¥यो’, दक्षिण कोरियाका संयुक्त सेना प्रमुखले शनिबार भने । उक्त मिसाइल जापनी सागरमा खसेको बताइएको छ ।

कोरियाली प्रायद्वीपमा सैन्य तनाव यस वर्ष तीव्र रूपमा बढेको छ किनकि उत्तरले गत महिना अहिलेसम्मको सबैभन्दा उन्नत अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलको प्रक्षेपण सहित हतियार परीक्षणहरूको अभूतपूर्व प्रदर्शन गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले सन् २०२२ मा कीर्तिमानी गतिमा क्षेप्यास्त्र प्रहार गरे । आणविक हतियारको प्रयोगको लागि थ्रेसहोल्ड घटाए र विश्वव्यापी प्रतिबन्धहरूको बेवास्ता गरे । उनले सन् २०२३ मा पनि अझै क्षेप्यास्त्र प्रहार गर्ने सम्भावना छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्