प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ मंसिर । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रबार पहाडी भूभागमा आंशिक बदली हुने देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्