काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शाहीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बनाउन प्रस्तावसमेत गरेका छन् । साथै, लिङ्देनसहित पार्टीका सबै शीर्ष नेताहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
राप्रपाको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदमा शाहीको उम्मेदवारी घोषणाले पार्टीभित्रको नेतृत्व चयन प्रक्रिया थप चासोको विषय बनेको छ ।










