टस जितेर विराटनगरले पहिले बलिङ गर्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, कात्तिक १० – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

विराटनगर किङ्ग्स सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिएको छ भने चितवन राइनोजको नेतृत्व कुशल मल्लले गरिरहेका छन्।

एनपीएलअन्तर्गत आज दुई खेल हुँदैछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्