एनपीएलको टिकट बिक्री खुला भएको पहिलो दिनमै सबै टिकट सोल्ड आउट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टिकट बिक्री खुला भएको पहिलो दिनमै सबै टिकट बिक्री भएका छन् । आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगिताको टिकट बिक्री शुक्रबारदेखि औपचारिक रूपमा खुला गरिएको थियो ।

एनपीएलको उद्घाटन खेल सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुनेछ । उक्त खेल कात्तिक १० गते दिउँसो ४ः३० बजेबाट सुरु हुने जनाइएको छ ।

प्रतियोगिताका खेलहरू टेलिभिजनमा हिमालय टेलिभिजन स्पोर्ट्समार्फत हेर्न सकिनेछ । त्यस्तै, मोबाइल तथा विश्वभरबाट ओटीटीमार्फत खेल हेर्न नेट टिभी एप प्रयोग गर्न सकिनेछ ।

अन्तर्राष्ट्रिय दर्शकका लागि भने एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्