बाढी प्रभावित जलविद्युत्का कुन सुरुङमा कसरी भइरहेको छ खोजी र उद्धार ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ — भोटेकोशी बाढीले ११ जलविद्युत् परियोजनाका सुरुङमा फसेका कर्मचारी र कामदारको संख्या कति हो भन्नेमा प्रश्न उठेको छ । नेपाली सेनाले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा ‘हाराहारी १२१ मात्रै टनेलभित्र फसेको बताएको छ । सुरुङभित्र फसेकाको खोजी कार्य सरकारले स्थगनको निर्णय नगरेसम्म वा नेपाल विद्युत् प्राधिकरणले खोजी पुग्यो नभनेसम्म जारी रहने पनि सेनाले प्रस्ट्याएको छ । 

नेपाली सेनाले भोटेकोशी बाढीपछि नुवाकोटको त्रिशूलीमा स्थापना गरेको प्राक्टिकल हेडक्वार्टरमा अपरेसनको जिम्मेवारी सम्हालिरहेका सहायकरथी सुवासजंग थापाले जलविद्युत्का सुरुङमा धेरै मान्छे फसेको भनिए पनि त्यहाँ त्यति धेरै व्यक्ति नरहेको दाबी गरे । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहरबारमा सोमबार पत्रकार सम्मेलन गरेका सहायकरथी थापाले भने, ‘परियोजनाबाट दिइएको ९ सय हाराहारी संख्या टनेलभित्र फसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्ति हुन् । हाराहारी १ सय २१ जना मात्र टनेलभित्र फसेको देखिन्छ ।’

रसुवागढी आयोजनामा ५ जना, लाङटाङ आयोजनामा ७ जना, चिलिमे आयोजनामा ७ जना, माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) आयोजनामा ५० जना, माथिल्लो त्रिशूली ३ ‘ए’ मा ४० जनासहित अन्य सुरुङमा समेत गरेर १ सय २१ कर्मचारी/कामदार फसेको देखिएको उनले जनाए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्