काठमाडौं । प्रतिनिधिसभाले खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। ध्वनि मतमार्फत भएको निर्णयमा बहुमत सांसदले प्रस्तावको पक्षमा समर्थन जनाएपछि सभामुखले प्रस्ताव स्वीकृत भएको घोषणा गरेका हुन्।
यसअघि साउन २६ गते बसेको बैठकमा गणपूरक संख्या नपुगेपछि विधेयकमाथि निर्णय हुन सकेको थिएन।
प्रस्ताव स्वीकृत भएसँगै अब विधेयकमाथि दफावार छलफल तथा संशोधनको प्रक्रिया अघि बढ्ने भएको छ।










