नेप्से २.२५ अंकले घट्यो, कारोबार ५ अर्ब ५२ करोड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २.२५ अंकले घटेर २ हजार ६४१.५८ बिन्दुमा बन्द भएको छ।

आज कुल ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३५० कम्पनीका १ करोड १९ लाखभन्दा बढी कित्ता सेयर ५६ हजार ८१८ पटक कारोबार भएका छन्।

कारोबार भएका कम्पनीमध्ये ७२ वटाको सेयर मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट हाइड्रोपावरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ। रिलायन्स स्पिनिङ मिल्सको ११.१७ प्रतिशत र सगरमाथा जलविद्युत्को ११.०६ प्रतिशतले वृद्धि भएको छ।

यता, फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ६.६३ प्रतिशतले घटेको छ।

समूहगत रूपमा फाइनान्स समूह १.१४ प्रतिशतले घट्दा उत्पादनमूलक समूह १.३० प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। कम्पनीको १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्