देशमा देखापरेको निरंकुशताविरुद्ध संघर्ष गर्न कम्युनिस्ट आन्दोलन एकताबद्ध हुनुपर्छ : प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन अहिले चुनौतीपूर्ण अवस्थामा पुगेको बताएका छन्।

नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गरी नयाँ ऊर्जा प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले पुष्पलाल र नरबहादुर कर्माचार्यजस्ता नेताहरूको योगदान स्मरण गर्नु केवल औपचारिकता नभई कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्ने र देशको नेतृत्व गर्ने सङ्कल्प गर्ने अवसर भएको बताए।

राष्ट्रिय स्वाधीनतामाथि सङ्कट देखिएको, कम्युनिस्ट आन्दोलन असाधारण अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको र त्यसलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता रहेको बताए।

देशमा देखापरेको निरङ्कुश प्रवृत्तिको प्रतिरोध गर्दै लोकतान्त्रिक मूल्य र राष्ट्रिय हितको रक्षा गर्न पुनः सङ्घर्षमा उत्रिनुपर्ने धारणा पनि व्यक्त गरे।

उनले भने, ‘देशमा अहिले राष्ट्रिय स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्ने, कम्युनिस्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्ने, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र देशमा देखापरेको निरङ्कुश प्रवृत्तिका विरुद्ध फेरि एकचोटि संघर्ष गर्ने दृढ अठोट गर्ने बेला आएको छ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्