कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक सुकुम्वासी पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । विभिन्न स्थानका अव्यवस्थित बसोबासीलाई राख्नका लागि कीर्तिपुरमा बनाइएको अस्थायी बासस्थल (होल्डिङ सेन्टर) बाट एकजना मानिस पक्राउ परेका छन् ।

होल्डिङ सेन्टरमा सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा भोजपुर जिल्ला, अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई सार्वजनिक शान्ति खलल पार्ने कसुर गरेको मुद्दामा अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालतमा पेश गरिएको छ ।

काठमाडौं महानगरपालिकाले होल्डिङ सेन्टर छोडेर अन्यत्र जानका लागि सुविधा सहित अनुरोध गरेको विषयलाई अतिरन्जित गर्दै तामाङले त्यहाँका बसोबासीको शान्तिपूर्वक बस्न पाउने अधिकार पनि खलल गरेको प्रहरीको आरोप छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्