काठमाडौँ । राष्ट्रियसभाको बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ । अध्यक्ष नारायणप्रसाद दाहालले बैठक असार ११ गते दिनको १ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरेका हुन् ।
यसअघि आजै बसेको प्रतिनिधि सभा बैठक पनि असार ११ गतेसम्मका लागि स्थगित गरिएको थियो । प्रतिनिधिसभा बैठक सहज बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी को पहिलो महाधिवेशनलाई लक्षित गरेर स्थगित गरिएको थियो । रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने तय भएको छ ।
तर, रास्वपाका एक सांसद पनि नभएको राष्ट्रिय सभा पनि त्यही दिनसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद्का कुनै पनि सदन मन्त्रीको उपस्थितिबिना नचल्ने कानुनी प्रावधान छ । अहिलेको सरकारमा रास्वपा बाहेकका एक मन्त्री मात्रै छन् । ती मन्त्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन हुन् । पुन मात्रै सधैँको बैठकमा उपस्थित हुने व्यवहारिक नहुने भन्दै स्थगित गरिएको हो ।










