ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?

खबर बुक
  • ख-
  • ख+

२१,वैशाख काठमाडौँ । “सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” बमोजिम विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् ।

मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार उक्त अध्यादेशबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्य तथा सदस्यहरु रतनबहादुर ऐर, डा बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पदमुक्त भएका छन् ।

यसैगरी विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल तथा सदस्यहरु डा मधुसुधन अधिकारी र डा झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्