१६,बैशाख काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा समसामयिक, तत्काल सम्बोधन गर्नुपर्ने र जिल्लाका क्षेत्रहरूको मुद्दाबारे छलफल भइरहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
सरकारले संसद् अधिवेशन बन्द गरेर अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरेकोमा सर्वत्र आलोचना भएपछि सभापति रवि लामिछानेले बुधबार संसदीय दलको अनौपचारिक बैठक बोलाएका छन् ।
दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सरकार र संसदीय अभ्यासबारे सांसदहरूले पार्टी सभापति र संसदीय दलको प्रमुख सचेतक र सचेतक तथा पदाधिकारीहरूलाई जिज्ञासा र प्रश्नहरू सोध्ने क्रम चलिरहेको प्रवक्ता झाले जानकारी दिए ।











