काठमाडौं, १९ चेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखमा अघि सार्ने निर्णय गरेको छ ।
भर्खरै सम्पन्न संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउन सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीको निर्णय अनुसार अर्यालले भोलि मनोनयन गर्दा गराउँदै छन्। सभामुखको निर्वाचन २२ गतेका लागि तोकिएको छ।











