काठमाडौं, १७ चैत । गृहमन्त्री सुधन गुरुङले सीमा गस्तीलाई कडाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले आज सशस्त्र प्रहरी बल (एपीएफ)का आईजीपी राजु अर्यालसहितको टिमसँग गरेको छलफलमा सो निर्देशन दिएका हुन् ।
त्यस्तै विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको छ । सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा छलफल भएको मन्त्री गुरुङको सचिवालयले जानकारी दिएको छ ।
मन्त्री गुरुङले तस्करी नियन्त्रणमा पनि ध्यान दिन पनि निर्देशन दिएका छन् ।











