निर्धक्कका साथ आफ्नो जिम्मेवारी बहन गर्न प्रहरीलाई गृहमन्त्री गुरूङको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ चैत । गृहमन्त्री सुधन गुरूङले प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री गुरूङले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गरेको भन्दै आगामी दिनमा अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए ।

उनले प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने प्रतिवद्धता व्यक्त गरे ।

समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै गुरुङले नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने बताए ।

आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधनस्रोत नागरिकको सेवाको लागि उच्चतम प्रयोग गर्न उनले निर्देशन दिए ।
उनले नेपाल प्रहरी प्रधान कार्यालयमा आईजीपी दानबहादुर कार्कीसहितले स्वागत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्