बालेनको शपथमा ओली बाहेक ५ पूर्वप्रधानमन्त्री सहभागी भए

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १३ चैत । प्रधानमन्त्री बालेन शाहको शपथ समारोहमा चार जना पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका हुन् ।

त्यस्तै अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि समारोहमा सहभागी भए ।

तर, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने समारोहमा सहभागी भएनन् । कांग्रेसका सभापति समेत रहेका अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने विदेशमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्