कांग्रेस केन्द्रीय समिति बैठकका ५ एजेन्डा तय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डा तय भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेरपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने ५ एजेन्डा तय गरिएको हो ।

एक केन्द्रीय सदस्यका अनुसार बैठकमा समसामयिक संविधान संसोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औं महाधिवेशन तयारी , उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायत एजेन्डा रहेका छन् ।

कांग्रेस सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्