आत्मसमीक्षा गर्नुको सट्टा उल्टै कारबाही गर्छु भन्दैछन्– प्रचण्ड लक्षित भट्टराईको कटाक्ष

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ चैत। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्। प्रचण्डले पार्टीका ५० प्रतिशत केन्द्रीय सदस्यले घण्टीमा भोट हालेको रिपोर्ट आएको भन्दै छानिछानी गरी कारबाही गर्ने चेतावनी दिएका थिए।

प्रचण्डको सो अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले भनेका छन्, ‘नेपालको लोकतान्त्रिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कम्युनिस्ट पार्टीका नेता कमरेडहरूले हालैको आमनिर्वाचनको परिणाम पछि गम्भीर आत्मसमीक्षा गर्नु सट्टा उल्टै पार्टीको पक्षमा मतदान नगर्ने लाखौँ नेता–कार्यकर्ता–समर्थकहरूलाई छानिछानी कारबाही गर्छु भन्नु विडम्बनापूर्ण छ’

माक्र्सदेखि माओसम्मले संश्लेषण गरेको र संसारभरका कम्युनिस्टहरूले अनुसरण गर्ने दर्शन भौतिकवादी द्वन्दवादको आधारभूत नियम अनुसार कुनै वस्तु वा घटनाभित्रको अन्तर्विरोध वा समस्याको प्रधान कारण आफैभित्र हुन्छ भन्ने कुरा ख्याल गर्न सक्नुपर्ने उनको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्