मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ चैत । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । कविलासी नगरपालिका–८ कविलासीस्थित सडकमा म. प्र.०२–००६ प ७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राम नरेश महतोको सोमबार बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।

मोटरसाइकलमा सवार घाइते २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्