समानुपातिक सांसद छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ चैत। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि पहिलोपटक कांग्रेस कार्यसम्पादन समिति बैठक बसेको हो ।
बैठक केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बैठक बसेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्