एमालेले समानुपातिक सांसदको नाम आइतबार पठाउने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ फागुन । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका निर्वाचित सांसदको नाम आइतबार मात्रै पठाउने भएको छ ।

अध्यक्ष केपी शर्मा ओली पितृशोकमा परेपछि पार्टीका कुनै नेताले निर्वाचन आयोगले पठाएको पत्र पनि हालसम्म कसैले बुझेको छैन् ।

एमालेको निर्वाचन समन्वय संयन्त्रका नेता निरज आचार्यका अनुसार पार्टी अध्यक्ष शोकमा परेको अवस्थामा पत्र आएकै रहेछ भने पनि आज र भोलि केही कुरा नहुने, तर आइतबारसम्म पठाउन सकिने अवस्था छ ।

निर्वाचन आयोगले राजनीतिक दलहरुबाट प्राप्त हुने समानुपातिक प्रणालीतर्फका निर्वाचित उम्मेदवारको नामलाई अद्यावधिक गर्दै सम्पूर्ण निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने छ ।

राष्ट्रपतिले उक्त प्रतिवेदन स्वीकृत गरेपछि शपथको तयारी हुन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्