इलाम –१ मा कांग्रेसका निश्कल राई विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २५ फागुन। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर १ मा निश्कल राई विजयी भएका छन् । हालै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार राई १४ हजार ५४३ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टी (माटो चुनाव चिन्ह)का विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत प्राप्त गरेका थिए । सो क्षेत्रबाट नेकपा एमालेले ११ हजार ९६६ मत प्राप्त गरेको छ ।

यस निर्वाचनमा निकै चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल गदाल ९घण्टी चुनाव चिन्ह० ले ९ हजार १६० मत प्राप्त गरे । पूर्वमा श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको लहरबिच कांग्रेसले आफ्नो पुरानो विरासत जोगाउन फर्काउन सफल भएको हो ।

नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ७ हजार ६६५ मत प्राप्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्