सिन्धुली २ मा रास्वपाका गजुरेल विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ फागुन । सिन्धुली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष गजुरेल विजयी भएका छन् ।

गजुरेलले १७ हजार ९४० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गरे ।
नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६०६ मत ल्याउँदा नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत प्राप्त गरिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्