डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २३ फागुन । एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् । उनले १४ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार १ सय १० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २ सय ७० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार त्रिलोचन भट्टले ५ हजार ४ सय १३ मत प्राप्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्