आज मगर दिवस मनाइदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । आज फागुन १५ गते देशभरका मगर समुदायले मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेका छन्। मगर जातिको अधिकार, पहिचान र अस्तित्वको संरक्षणका लागि एकजुट भएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने परम्परा रहिआएको छ।

वि।सं। २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा देशभरबाट मगर समुदायका प्रतिनिधिहरू भेला भई प्रथम राष्ट्रिय सम्मेलनमार्फत नेपाल मगर संघ स्थापना गरिएको थियो। सोही ऐतिहासिक दिनको स्मरणमा मगर समुदायले यस दिनलाई ‘मगर एकता दिवस’ का रूपमा मनाउँदै आएका छन्।

दिवसको अवसरमा मगर बाहुल्य क्षेत्रहरूमा सांस्कृतिक झाँकी, र्‍याली, सभासमारोह तथा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। साथै, मगर समुदायको उल्लेख्य बसोबास रहेका केही स्थानीय तहहरूले आज सार्वजनिक बिदासमेत दिएका छन्।

मगर एकता दिवसले समुदायबीच एकता, पहिचानको संरक्षण र अधिकारका लागि सामूहिक प्रतिबद्धता सुदृढ गर्ने विश्वास गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्