फोहर व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने मेयर्स फोरमको निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ७ फागुन । उपत्यका मेयर्स फोरमको १३औँ बैठकले फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।

ललितपुर महानगरपालिकाका प्रमुख तथा फोरमका अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको बैठकले फोहर व्यवस्थापनको विधि र प्रविधि अध्ययन गरी स्थानीय तहबीच समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापन अघि बढाउने जनाएको छ।

बैठकले सार्वजनिक यातायात सञ्चालनलाई दिगो बनाउन यसअघि भएका अध्ययन प्रतिवेदनको पुनरावलोकन गरी उपयुक्त ढाँचामा नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपत्यकाको भूगोल, सांस्कृतिक विशेषता र बस्ती संरचनासुहाउँदो यातायात प्रणाली विकास गर्न आवश्यक रहेको बताइन्।

गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेन सम्बन्धी कानुन निर्माण गरी गुरुयोजना तयार पार्ने र पूर्वाधार विकासमा संघ सरकारसँग सहकार्य गर्ने सहमति भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्