काठमाडौँ, ७ फागुन। उम्मेदवार छनोटमा आर्थिक चलखेल भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्नेको लर्काे जस्तै लागेको । यसैबीच रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीको प्रदेश उपसभापति पद र साधारण सदस्यताबाट राजीनामा दिएका छन् ।
उनी ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एवं काभ्रे– २ का उम्मेदवार भएका थिए । आज दिएको राजीनामामा उनले पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्रमा ह्रास आएको, आर्थिक अपारदर्शिता र नेतृत्वस्तरमा नैतिक विचलन आएकोले आफूले यो निर्णय लिएको उल्लेख गरेका छन् ।
हुमागाईँले उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको आरोप पनि लगाएका छन्। वर्षौँदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उनको उनको भनाइ छ ।
प्रतिनिधि सभा निर्वाचनमा मोबाइल पसलमा काम गर्ने, गीत गाउने वा सामाजिक अभियन्ताको परिचय दिएका र चटकदार व्यक्तिहरूलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको उनको आरोप छ । रास्वपामा प्रारम्भिक समिति केन्द्रीय समिति विस्तार हुँदै गए पनि यसको मापदण्ड, प्रक्रिया र औचित्यमा स्पष्ट पारदर्शिता नभएको उनले औँल्याउँदै उनले पार्टीको संरचना विधि र सिद्धान्तभन्दा व्यक्तिकेन्द्रित निर्णयतर्फ उन्मुख भएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
हिजो मात्रै रास्वपा मधेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी ९उर्मिला० भुर्तेलले पनि पार्टी छाडेका थिए ।











