निर्वाचनपछि बलियो सरकार बन्नेछः रवि

  • ख-
  • ख+

काठमाडौं, ४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आउँदै गरेको निर्वाचनपछि बलियो सरकार बन्ने बताएका छन् ।

आज चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको भन्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताए ।

यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै कोशिस गर्दा गर्दै पनि पुरा गर्न नसकिएको उनको भनाइ छ ।

कालिका– ३ मा स्थानीयहरुले सुकुम्वासी समस्या समाधानका लागि पटक पटक आश्वासन पाएपनि समाधान हुन नसकेको भन्दै लामिछानेको ध्यानाकर्षण गराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्