काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले महाशिवरात्रि २०८२ को अवसरमा आइतबार पशुपतिनाथ मन्दिरमा दर्शन तथा विशेष पूजाआराधना गरेका छन्। यस अवसरमा राष्ट्रपति पौडेलसँग प्रथम महिला सबिता पौडेल पनि उपस्थित थिइन्।
राष्ट्रपतिको स्वागत मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरी गरेका थिए। मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हा, मन्त्रिपरिषद्का अन्य सदस्यहरू, मन्त्रालयका सचिवहरू, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू, स्थानीय निकायका प्रतिनिधि र गुठी संस्थानका उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए।
महाशिवरात्रिको अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखद्वारा पशुपतिनाथमा विशेष पूजाआराधना गर्ने परम्परा रहँदै आएको छ। राष्ट्रपति पौडेलले पूजाआराधना पछि देशको एकता, सांस्कृतिक समृद्धि र धार्मिक महत्त्वमा जोड दिएका छन्।











